काठमाडौं । सर्वोच्च अदालतले गगन कुमार थापा नेतृत्वको काँग्रेसलाई नै आधिकारिकता दिएपछि यसलाई हेर्ने दृष्टिकोण र आगामी कार्ययोजनाका विषयमा पूर्णबहादुर खड्काको निवासमा बसेको देउवा पक्षीय नेताहरुको भेलाले सर्वोच्चको आदेश स्वीकार गर्ने निर्णय गरेका छन् । अनौपचारिक भेला नामाकरण गरिएको भएपनि अब अघि बढ्ने विषयमा केन्द्रित छलफलमा अदालतको आदेश मान्नुको विकल्प नभएको सबैले एकमत राखेका थिए…