काठमाडौंबाट अष्ट्रेलियामा अवैध चुरोट तस्करी गर्न खोज्ने को हुन् सौरभ भण्डारी ?

काठमाडौंबाट अष्ट्रेलियामा अवैध चुरोट तस्करी गर्न खोज्ने को हुन् सौरभ भण्डारी ?



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अस्ट्रेलिया पठाउन लागिएको ठुलो परिमाणको चुरोट भन्सार र प्रहरीको संयुक्त टोलीले बरामद गरेको छ। विमानस्थल कार्गो कम्प्लेक्स भवनमा ुपिक एभिएसन प्रालिुका एजेन्ट अभिनव राईमार्फत अस्ट्रेलियास्थित सौरभ भण्डारीको नाममा पठाउन लागिएको ३५ वटा कार्गो पोकामध्ये ३२ नम्बरको पोकामा उक्त अवैध चुरोट भेटिएको हो। कागजातमा ‘डग चिउ’ (कुकुरको खाना) उल्लेख गरी भन्सार घोषणा नगरी अस्ट्रेलिया निर्यात गर्न लागिएको अवस्थामा एक्स-रे स्क्रिनिङमार्फत जाँच गर्दा कागजात अनुसारको सामान नभई अवैध चुरोट रहेको पाइएको थियो।

जाँचका क्रममा ‘क्लासिक, डबल बड्स, ‘मेड इन इन्डिया’ लेखिएको ३४ बण्डल (३४० प्याकेट) भारतीय चुरोट, ‘गोल्ड फ्लेक’ नाम लेखिएको ३ बण्डल ९३० प्याकेट) र ‘शिखर आइस रस’ नामक ३१ बण्डल (३१० प्याकेट) नेपाली चुरोट बरामद गरिएको छ। कुल ६८ बण्डल (६८० प्याकेट) चुरोटको जम्मा अन्दाजी मूल्य दुई लाख ५७ हजार चार सय रुपैयाँ रहेको छ। अष्ट्रेलियाको बजार मूल्य अनुसार यी चुरोटको मूल्य करिब ९ हजार डलर पर्दछ भने भन्सार तिरिएको अवस्थामा यसको मूल्य २४ हजार डलर पर्न जान्छ ।

बरामदगीपश्चात् सम्पूर्ण ३५ वटा कार्गो पोका नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।