नेतृत्व परिवर्तनको चुनौतीपछि भिक्टोरियाकी प्रिमियर जासिन्टा एलनको राजीनामा

नेतृत्व परिवर्तनको चुनौतीपछि भिक्टोरियाकी प्रिमियर जासिन्टा एलनको राजीनामा


मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यकी प्रिमियर जासिन्टा एलनले लेबर पार्टीभित्र बढ्दो नेतृत्व चुनौतीपछि आफ्नो पदबाट राजीनामा दिएकी छिन् । उनको क्याविनेटका उपप्रिमियर बेन क्यारोलले नेतृत्वका लागि औपचारिक चुनौती दिएपछि दिएका थिए । औपचारिक रुपमा विश्वास नभएको र नेतृत्व परिवर्तन हुने चुनौतीपछि एलनले पार्टी र राज्यको हितलाई प्राथमिकता दिँदै पद छोड्ने निर्णय गरेको बताएकी छिन् । नेपाली समूदायमाझ एलन निकै चर्चित छिन् ।

एलनले आफ्नो सम्बोधनमा आफूले लिएको निर्णय ूलेबर पार्टी र भिक्टोरियाली जनताको हितका लागि सही निर्णयू भएको बताउँदै नयाँ नेतृत्वलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले बेन क्यारोलले नेतृत्व सम्हालेमा आफूले पूर्ण सहयोग गर्ने पनि बताइन् ।

उपप्रिमियर बेन क्यारोलले केही दिनअघि नै आफू नेतृत्वको प्रतिस्पर्धामा उत्रिने घोषणा गरेका थिए । पार्टीका अधिकांश सांसदहरूको समर्थन गुमाएको निष्कर्षपछि एलनमाथि नेतृत्व परिवर्तनको दबाब बढेको थियो। यससँगै क्यारोल भिक्टोरियन लेबर पार्टीको नयाँ नेता तथा भिक्टोरियाको आगामी प्रिमियर बन्ने लगभग निश्चित भएको छ।जासिन्टा एलन सन् १९९९ मा पहिलो पटक बेन्डिगो इस्ट निर्वाचन क्षेत्रबाट भिक्टोरियाको संसदमा निर्वाचित भएकी थिइन् । त्यसपछि उनले सार्वजनिक यातायात, पूर्वाधार तथा अन्य महत्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी सम्हालिन् ।

सन् २०२२ मा उहाँ उपप्रिमियर बनेका उनी त्यसको एक वर्षपछि, तत्कालीन प्रिमियर ड्यानियल एन्ड्र्युजले राजीनामा दिएपछि २७ सेप्टेम्बर २०२३ मा एलन भिक्टोरियाको ४९औँ प्रिमियर बनेकी थिइन् । उनी भिक्टोरियाको इतिहासमा दोस्रो महिला प्रिमियर पनि बनिन् ।

प्रिमियरका रूपमा एलनले आवास, स्वास्थ्य सेवा, शिक्षा र पूर्वाधार परियोजनालाई प्राथमिकतामा राख्दै काम गरिन् । यद्यपि, राज्यको बढ्दो ऋण, जीवनयापनको लागत, अपराधका मुद्दा तथा ठूला पूर्वाधार आयोजनासँग सम्बन्धित विवादका कारण उनको सरकार निरन्तर दबाबमा रह्यो। आगामी राज्य निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व परिवर्तनको माग तीव्र बनेको थियो।

एलनको राजीनामासँगै भिक्टोरियन लेबर पार्टीले नयाँ संसदीय नेता चयन गर्ने प्रक्रिया अघि बढाएको छ। बेन क्यारोलले नेतृत्व सम्हालेपछि उनी भिक्टोरियाका नयाँ प्रिमियरका रूपमा शपथ लिने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वले केही महिनामै हुने राज्य निर्वाचनअघि पार्टीलाई एकताबद्ध गर्दै मतदाताको विश्वास पुनः जित्ने चुनौती सामना गर्नेछ।