गुप्तचर र अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहतमा राख्नुपर्ने कानूनमन्त्रीको तर्क

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गत रहँदा राज्यको समग्र सुरक्षा, राष्ट्रिय हित र शक्ति सन्तुलनका दृष्टिले उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको छ। ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै…