मेलबर्न, अष्ट्रेलिया । मेलबर्नको ईपिंग, उलर्ट, थोमस्टाउन र लेलोर आसपासमा बसोबास गर्ने नेपालीहरूको संस्था नेप्लीज नेबर्हुड कम्युनिटीको तीज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा एक हजारभन्दा बढी सहभागी भएको आयोजक संस्था नेबर्हुड कम्युनिटीले जनाएको छ। ईपिंग मेमोरियल हलमा गरिएको कार्यक्रममा नेपाली चेलीहरु आफ्नो परिवारका साथ तीज मनाउन उपस्थित भएका थिए। कार्यक्रममा नेपालका चर्चित गायक खुमन अधिकारीले…