मेलबर्न अष्ट्रेलिया । अस्ट्रेलियामा दुई नेपाली विद्यार्थी सम्पर्क बिहिन भएका छन्। अस्ट्रेलिया घुम्न आएका उनीहरु सिड्नीबाट बेपत्ता भएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ।
विद्यालयबाट अस्ट्रेलिया भ्रमणमा आएका १४ वर्षीय मबिन्द्र पुन र सौरब पुन सिड्नीका दुई भिन्न स्थानबाट सम्पर्क बिहिन भएको एसबीएस नेपालीले उल्लेख गरेको छ।
मबिन्द्र २१ जनवरी र सौरब २३ जनवरीबाट बेपत्ता भएको समाचारमा जनाइएको छ। प्रहरीले जारी गरेको सूचनामा सौरबले अन्तिम पटक देखिँदा कालो टी–सर्ट, हाफ पाइन्ट साथै कालो र खैरो रङ्गको जुत्ता लगाएका थिए भने मबिन्द्रले गाडा निलो रङ्गको टी-सर्ट, कालो प्यान्ट र कालो र सेतो चप्पलमा देखिएको सूचनामा भनिएको छ।
यी किशोरहरूलाई देखेपछि नजिकको प्रहरी कार्यालयमा खबर गर्न न्यु साउथ वेल्स प्रहरीले सर्वसाधारणलाई अपिल गरेको छ।
प्रतिक्रिया