चितवन क्रिकेट क्लब मेलबर्नले गर्यो राष्ट्रिय खेलाडी किशोर महतोलाई सम्मान

चितवन क्रिकेट क्लब मेलबर्नले गर्यो राष्ट्रिय खेलाडी किशोर महतोलाई सम्मान


मेलबर्न अष्ट्रेलिया ।

चितवन क्रिकेट क्लब मेलबर्नले राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर किशोर महतोलाई सम्मान गरेको छ। शुक्रबार फायरन्जी गार्डेन भ्यु रिसेप्शन फकनरमा भएको एक कार्यक्रमकाबीच क्लबले महोतोलाई नगदसहित सम्मान गरेको हो।

क्लबले महतोलाई नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै एक लाख तेत्तिस हजार तीन सय तेत्तिस रुपैयाँ नगद हस्तान्तरण गरेको थियो। महतो नेपाल क्रिकेट संघ क्यानको अनुमति लिएर लिग खेल्न अष्ट्रेलिया आएका हुन्।

सोही असरमा क्लबले आफ्नो जर्सी पनि सार्वजनिक गरेको छ। क्लबका अध्यक्ष प्रकाश आचार्यले क्लबको भिजन, उद्देश्य र आगामी कार्य योजनाका बारेमा प्रकाश पारेका थिए। कार्यक्रमको संचालन क्लबका प्रबन्धक सिद श्रेष्ठले गरेका थिए। उनले किशोर महतोको कप्तानीमा न्याभ कप २०२४ खेल्ने टोलीको घोषणा गरेको जानकारी गराएका थिए।

कार्यक्रममा क्लबका सञ्चालक सुमन अधिकारी, गोविन्द पाठक, अमृत श्रेष्ठ, न्याभ अध्यक्ष प्रेमराज उप्रेती, भिएनसीए अध्यक्ष सुजित बस्नेत, चितवन समाजका अध्यक्ष विपुल ज्ञवाली, क्लबका सल्लाहकार वासुदेव मरहट्टा, समुदायका अगुवा देवेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियो।