‘चित्रा’ फेब्रुअरी ९ देखि अष्ट्रेलियाका ८ सहरमा प्रदर्शन हुँदै

‘चित्रा’ फेब्रुअरी ९ देखि अष्ट्रेलियाका ८ सहरमा प्रदर्शन हुँदै


मेलबर्न अष्ट्रेलिया ।

फिल्म ‘चित्रा’ माघ २६ गतेदेखि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ। अष्ट्रेलियाली हलमा पदर्शन हुँदै फिल्म ‘चित्रा’ अन्तर्राष्ट्रिय प्रदर्शनको सुरुवात गर्न लागेको हो।

‘चित्रा’को प्रदर्शन माघ २६ गते (फेब्रुअरी ९) मा तास्मानियाबाट सुरु हुने फिल्मका निर्माता तथा अभिनेता सन्तोष अधिकारीले केबीसी खबरलाई जानकारी दिए। उक्त अवसरमा रेडकार्पेट शोको पनि आयोजना गरिएको उनले बताए।

तास्मानियापछि अष्ट्रेलियाली सहर सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेट, क्यानबेरा, पर्थ र डार्विनमा पनि फिल्मको प्रदर्शन हुने उनले बताए। फिल्म चित्राका निर्माता तथा अभिनेता अधिकारी लामो समयदेखि अष्ट्रेलियाको तास्मानियामा बसोबास गर्दै आएका छन्। पारिवारिक र सम्बन्धको कथावस्तुमा आधारित यो फिल्म नेपालमा रिलिज भइसकेको छ।

फिल्ममा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेललगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मका निर्माता आशिष थापा मगर र कार्यकारी निर्माता सन्तोष अधिकारी हुन्। यो फिल्म सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको हो।