युनाइटेड एफसी मेलबर्नले आयोजना गर्ने ‘नोबल कप’ फेब्रवरीमा हुने

युनाइटेड एफसी मेलबर्नले आयोजना गर्ने ‘नोबल कप’ फेब्रवरीमा हुने


मेलबर्न अस्ट्रेलिया ।

युनाइटेड फुटबल क्लब मेलबर्नको आयोजनामा हुने ‘नोबल कप’ फेब्रवरीमा हुने भएको छ। नोबल करियर गुरुज टाइटल स्पोन्सर रहेको उक्त प्रतियोगिता फेब्रवरी १० र ११ तारिख मेलबर्नको एलिट फुटबल ट्रेनिङ फ्यासिलिटी (१६९रोसामण्ड रोड, मारिबिर्नोङ, भिक) मा हुन लागेको हो।

उपाधिका लागि मेलबर्नका १३ फुटबल टिमले प्रतिस्पर्धा गर्ने युनाइटेड एफसीका मनिज हाडाले केबीसी खबरलाई जानकारी दिए। उनले प्रत्येक वर्ष जुनमा हुने उक्त फुटबल टुर्नामेन्ट यस वर्ष अगाडी सारिएको बताए। जुलाईमा लिगको मिड सिजन हुने भएकाले यस वर्षदेखि ‘नोबल कप’ फेब्रवरीमा गर्ने लागेको उनको भनाइ छ। अघिल्ला वर्ष नोबल ७ ‘ए’ साइड फुटबल टुर्नामेन्ट नामबाट संचालन हुने प्रतियोगितालाई यस वर्षदेखि ‘नोबल कप’ नामकरण गरिएको पनि उनले बताए। 

मनिज हाडा ११ वर्ष युनाइटेड एफसीको गोलपोष्ट सम्हालीसकेका गोल रक्षक हुन्। उनले विभिन्न भूमिकामा रहेर युनाइटेड एफसीको व्यवस्थापकीय भूमिका निर्वाह गरिसकेका छन्।

यस्तै युनाइटेड फुटबल क्लब मेलबर्नले ३५ वर्षभन्दा माथिका फुटबल खेलाडीका लागि छुट्टै एलाईन्स कप प्रतियोगिताको पनि आयोजना गरेको छ। फेब्रवरी १० र ११ गते मेलबर्नको एलिट फुटबल ग्राउण्डमा हुने उक्त प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने उनले बताए। उक्त टुर्नामेन्टलाई एलाईन्स रियल स्टेट एजेन्टले टाईटल स्पोन्सर गरेको छ। 

युनाइटेड एफसी नेपाली समुदायलाई खेल क्षेत्रको माध्यमबाट जोड्ने उद्देश्यका साथ मेलबर्नमा सन २००७ मा स्थापना गरिएको नेपाली फुटबल क्लब हो। सन् २०१० देखि क्लबले ७ ‘ए’ साइड फुटबल प्रतियोगिता गर्दै आएको छ। नोबल कप २०२४’ नवौँ संस्करण हो। एन्फा एकेडेमी पहिलो ब्याच तथा युवा राष्ट्रिय टोलीमा सम्मिलित भैसकेका खेलाडीहारु, एकजन तुलाधर, मनिज हाडा, सुनिल लामा त्यसैगरी एन्फा एकेडेमी दोस्रो ब्याचका सुरज श्रेष्ठ युनाइटेड एफसी मेलबर्नमा आबद्ध छन्। साथै नेपाली राष्ट्रिय फुटबल टोलीका चिरपरिचित अनुहार सुनिल बल, सन्तोष तामाङ, नवीन गुरुङ, शिव गुरुङ, दर्शन गुरुङ र सोनित दाहालले पानी यस क्लबलाई प्रतिनिधित्व गरिरहेका छन्।