नेपाली टोली शेपार्टन नेशन कपको फाईनलमा, शनिबार भिडन्त

मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियाको शेपार्टनमा आयोजना गरिएको नेशन कप फुटबल प्रतियोगिताको फाईनलमा नेपाल र अफगानिस्तान भिड्ने भएका छन् । १० टिमको सहभागिता रहेको प्रतियोगिताको सेमिफाईनलमा नेपालले कंगोलाई तीनका विरुद्ध ५ गोलले पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगिताको लिगतर्फ नेपालले आफ्नो समूहमा ९ अंक बटुल्दै समूह विजेता बनेको…