वेष्टर्न अष्ट्रेलियाको एक शहरमा विरालोहरु बढेपछि प्रतिघर २ मा सीमित गरिँदै !

वेष्टर्न अष्ट्रेलियाको एक शहरमा विरालोहरु बढेपछि प्रतिघर २ मा सीमित गरिँदै !


वेष्टर्न अष्ट्रेलियाको केन्द्र पर्थबाट ३ सय किलोमिटर टाढा रहेको बागिन शहरले प्रतिघर २ वटाभन्दा विरालो पाल्न नपाउने नियम ल्याउने भएको छ । गत तीन वर्ष ३ सय भन्दा बढी बिरालोहरु छाडा छाडिएका कारण तिनलाई उद्धार गर्नुपरेका कारण यस्तो नियम ल्याउन लागिएको हो । स्थानीय काउन्सिलका अनुसार बढ्दो विरालोको संख्याका कारण रेन्जरहरुलाई व्यस्त बनाएको छ जसले अन्य काममा ध्यान दिन पाइएको छैन ।

शहरको बाहिरी क्षेत्रमा भेटिएका विरालाहरु कसको हो भनेर पत्ता लगाउन पनि कठीन छ र कसैले तिनको दावी पनि गर्दैनन् । विरालोका मालिकहरुलाई अझ बढी जिम्मेवार बनाउने नियम पनि ल्याउने तयारीमा काउन्सिल छ ।

स्थानीय अधिकारीहरु भन्छन् विरालोहरुमा बन्ध्याकरण नगरेका कारण यस्तो समस्या निम्तिएको पनि उनीहरुले पत्ता लगाएका छन् । उनीहरु भन्छन्, “कतिपय घरमा ४० भन्दा बढी विरालो भेटिएको घटना पनि छ ।”