तास्मानियाका नेपालीको मुद्दाबारे विपक्षी लेबर पार्टीका सांसदहरुसँग एनआरएनको छलफल

होबार्ट, तास्मानिया ।एनआरएन तास्मानियाको प्रतिनिधि मण्डलले यहाँको विपक्षी दल लेबर पार्टीको संसदीय दलको कार्यालयमा नेपाली समूदायका मुद्दाका विषयमा छलफल सम्पन्न गरेको छ । शुक्रबार विपक्षी एवं सांसद नेता डीन विन्टर, सांसद एला हद्दाद तथा अन्य नेतागणसँग भेट गरेको हो । छलफलका क्रममा नेपाली समूदायले तास्मानियामा दिएको आर्थिक, सामाजिक र सांस्कृतिक योगदानको चर्चा भएको थियो ।…