अष्ट्रेलियामा बस्ने नेपालीबारे अनुसन्धान परियोजना, यसरी हुनुस् सहभागी

अष्ट्रेलियामा बस्ने नेपालीबारे अनुसन्धान परियोजना, यसरी हुनुस् सहभागी

अष्ट्रेलियन दूतावासको सहयोगमा हुने अनुसन्धानले भावी योजना बनाउन सघाउने


मेलबर्न, अष्ट्रेलिया ।
संयुक्त विकास अध्ययन संस्थानले काठमाडौंस्थित अष्ट्रेलियन दूतावासको सहयोगमा अष्ट्रेलियामा नेपाली डायस्पोरा नामक अनुसन्धान परियोजना सञ्चालन गरेको छ । यस अध्ययनको उद्देश्य अष्ट्रेलियामा बस्ने नेपालीको जनसांख्यिक स्थिति, अनुभवहरु, व्यापार तथा लगानी सम्बन्धी दृष्टिकोणमा केन्द्रित छ । यसबाट प्राप्त हुने तथ्यांकले नेपाल र अष्ट्रेलियाबीचको दुईपक्षीय सम्बन्धलाई सुदृढ बनाउने रणनीतिहरु तयार गर्न सहयोग पुग्ने अपेक्षा छ ।
परियोजनाको केन्द्रमा अष्ट्रेलियामा रहेका नेपाली डायस्पोराका सदस्यहरुसँग प्रश्नोत्तर शैलीमा प्रतिक्रिया मागिनेछ । यसरी प्राप्त हुने प्रतिक्रियाको तुलनात्मक अध्ययन गरेर नेपालीहरुको अवस्थाका बारेमा रिपोर्ट तयार गरिनेछ ।
सहभागी हुनका लागि यहाँ क्लीक गर्नुस् >>
संयुक्त विकास अध्ययन संस्थानले यसअघि अमेरिकामा रहेका नेपालीबारे पनि अनुसन्धान गरेको थियो । अमेरिकामा रहेका नेपालीबारेको अनुसन्धान पढ्न यहाँ क्लीक गर्नुहोस् । >>
यस सर्वेक्षणमा प्राप्त हुने सबै जानकारीहरुलाई पूर्ण गोपनीयताका साथ संकलन गरिने र शैक्षिक अध्ययनका लागि मात्रै प्रयोग गरिने पनि संयूक्त विकास अध्ययन संस्थानले अनुरोध गरेको छ ।