नेपाल बाहिर रहेका बालबालिकाहरुलाई भाषा सिकाउने, देश जोड्ने लिपीमाला एपको सुरुवात

नेपाल बाहिर रहेका बालबालिकाहरुलाई भाषा सिकाउने, देश जोड्ने लिपीमाला एपको सुरुवात


सिड्नी, अष्ट्रेलिया ।
अष्ट्रेलिायको सिड्नी निवासी आईटी विज्ञ किरण खनालको अग्रसरतामा निर्माण गरिएको लिपीमाला एप्लीकेशन सार्वजनिक गरिएको छ । आईतबार सिडनीमा आयोजना गरिएको विशेष कार्यक्रमबीच एपको विषयमा जानकारी गराइएको हो । कार्यक्रममा सिड्नीमा रहेका नेपाली समूदायका अगुवाहरु उपस्थित थिए ।

न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, नेपाली समूदायकी अगुवा ईन्द्र वन लगायतको उपस्थितिमा एप सार्वजनिक गरिएको हो ।

मुख्यत नेपाली बालबालिकाहरुलाई सानै उमेरदेखि लागेको मोबाइल हेर्ने लत अर्थात् स्क्रिन टाईमलाई नै सदुपयोग गर्दै भाषा सिकाउने प्रयास गरिएको छ । नेपालका विभिन्न जानकारीमूलक सामग्रीका साथै भिडियो र एनिमेसनमार्फत बालबालिकाहरुले नेपाली भाषाको अध्ययन गर्न सक्नेछन् । उनीहरुलाई खेल मार्फत पनि भाषाप्रति झुकाव बढाउने प्रयास गरिने लिपीमालाका संस्थापक किरण अधिकारीले केविसीखबरलाई जानकारी दिए । उनका अनुसार निश्चित शुल्क तिरेपछि यो एपलाई डाउनलोड गर्न सकिनेछ । यसपछि बालबालिकाहरुको उमेर समूह अनुसार उनीहरुलाई सामग्री उपलब्ध गराइनेछ ।

अधिकारीले लिपीमाला एकपटक परियोजना नभएर निरन्तर यसमा परिमार्जन र सुधार गर्दै समयको अनुकूलतामा विदेशमा बस्ने नेपालीको हरेक परिवारको आवश्यताका रुपमा विकास गर्ने लक्ष्य रहेको सुनाए । उनले यसका लागि नेपालमा एउटा टिम नै काम गरिरहेको र उनीहरु सबैको प्रयासले नै यो उपलब्धी हासिल गर्न सकिएको भन्दै धन्यवाद दिएका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुले समय सापेक्ष, अहिलेको आवश्यकता रहेको विषयमा आफ्नो ज्ञान मार्फत योगदान दिएकोमा किरण अधिकारी र लिपीमाला टिमको प्रशंसा गरेका थिए ।

तपाईंहरुले एप्पल र एन्ड्रोइडमा यो एप डाउनलोड गर्न सक्नुहुनेछ –