तास्मानिया, अष्ट्रेलिया । शनिबार हराएको एउटा सानो विमानको खोजीका लागि थल र जल दुबै माध्यमबाट प्रयास जारी छ ।
विमानमा एक पाइलट र एक यात्रु सवार थिए । उनीहरुले दिउँसो १२:४५ बजे तास्मानियाको जर्ज टाउन विमानस्थलबाट मध्य९पश्चिमी न्यु साउथ वेल्सतर्फको यात्रा सुरु गरेका थिए । यात्राको क्रममा भिक्टोरियाको क्षेत्रीय सहर लिओङगाथामा विश्रामको योजना थियो।
“विमानमा सवार व्यक्ति उत्तरी तास्मानियाबाट आएका एक जोडी थिए”, तास्मानिया प्रहरी निरीक्षक निक क्लार्कले भने।“उनीहरू परिवारका सदस्यहरूसँग भेट गर्न मध्य न्यु साउथ वेल्स जाँदै थिए।”
तर ७० वर्ष उमेरका पाइलट, ६० वर्षकी महिला यात्रु र उनीहरूको कुकुर गन्तव्यमा भने पुग्न सकेनन् । शनिबार साँझ मात्रै विमान हराएको रिपोर्ट प्रहरीमा दिइएको थियो ।
उनीहरू एक निजी दुई सिटे विमानमा यात्रा गरिरहेका थिए, जुन पाइलटका लागि केही नयाँ भए पनि अनुभवी पाईलट भएका कारण कुनै समस्या हुन नपर्ने अनुमान गरिएको थियो ।
प्रतिक्रिया