मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियन सरकारले विश्वकै पहिलो १६ वर्षमुनीका बालबालिकाहरुको लागि सामाजिक सञ्जाल प्रतिबन्ध कानून अन्तर्गत युट्युबलाई पनि समावेश गर्ने भएको छ ।
यो नियम २०२५ को डिसेम्बर १० तारिखदेखि लागू हुँदैछ । सुरुमा प्रस्तावित फेसबुक, ईन्स्टाग्रा, स्न्यापच्याट, टिकटक र एक्समा मात्र लागू हुने भनिएको थियो । तर, सरकारले युट्युबलाई शैक्षिक उपयोगिता भन्दै छुट दिएको थियो । ईसेफ्टी कमिश्नर जुली ईनम्यान ग्रान्टको सुझावपछि युट्युबलाई पनि समावेश गरिएको छ । किशोर किशोरीहरुमा गरिएको सर्वेक्षणमा युट्युब पनि अन्य सामाजिक सञ्जाल जस्तै हानीकारक हुनसक्ने निष्कर्श निस्किएको थियो ।
नयाँ कानून अन्तर्गत १६ वर्षमुनीका बालबालिकाले युट्युबमा खाता खोल्न पाउने छैनन् । तर, लग आउट अवस्थामा भिडियो हेर्न भने पाउनेछन् । यदि कुने सेवा यो प्रतिबन्धको परिभाषाभित्र पर्छ र नियममा छुट दिइएको छैन भने कानून उल्लंघन गरेमा अधिकतम ४९ दशमलब ५ मिलियन डलरसम्म जरिवाना लगाइनेछ ।
अनलाईन गेम, मेमेसेजिङ एपहरू, स्वास्थ्य र शिक्षा सम्बन्धी सेवालाई कम जोखिम भएको भन्दै नियमबाट बाहिर राखिएको छ । यो कानून संघीय संसदमा पेश गरिनेछ र सरकारले यसलाई किशोरहरुको सुरक्षा तथा डिजिटल वातावरणलाई सुधार गर्ने कार्यमा महत्वपूर्ण कदम भएको जनाएको छ ।
प्रतिक्रिया