मेलबर्न, अष्ट्रेलिया । करिब दुई वर्षदेखि अष्ट्रेलियामा अन्तर्राष्ट्रिय पर्यटक र यात्रीहरुलाई आउन लगाइएको प्रतिबन्ध अबको केही साताभित्रै खुल्ला गरिने भएको छ । सिमाना अन्तर्राष्ट्रिय यात्री, पर्यटकहरुको लागि खुल्ला गर्ने विषयमा सम्पूर्ण तयारी पूरा भएको र सोमबार बस्ने राष्ट्रिय सुरक्षा कमिटकिो बैठकमा यस विषयमा छलफल गरिने अष्ट्रेलियाको आन्तरिक मामिला मन्त्री करेन एन्ड्रयूजले बताएकी छिन् ।सोमबार हुने…