मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा हुने ‘म्युजिक फेस्टिवल २०२२’ मा आशिष राना उर्फ लाउरेले प्रस्तुति दिने भएका छन्। आयोजक गिरिश इभेन्ट एण्ड इन्टरटेन्मेन्टले बुधबार यसबारे जानकारी दिएको हो।
नोभेम्बर महिनामा एडीलेडमा हुने उक्त सांगितिक कार्यक्रममा लाउरे सहित दीपक बज्राचार्य, द रिदम ब्याण्ड, सबिन राई तथा द फरोह ब्याण्डले प्रस्तुति दिने भएका छन्।
यस सांगितिक कार्यक्रमको टाइटल स्पोन्सर ग्रेस इन्टरनेसनल एजुकेशन एण्ड माइग्रेसन एडिलेड रहेको छ। त्यस्तै, मिडिया पार्नरमा भने केबिसी खबर रहेको छ।
यसअघि अर्के कार्यक्रमको लागि अष्ट्रेलिया आउन लागेका लाहुरेको भिजा रिजेक्ट भएको थियो। अहिले भिजा लागेपछि लाहुरेले ‘म्युजिक फेस्टिवल २०२२’ मा सहभागि हुन लागेका हुन्।
प्रतिक्रिया