प्रवासी नेपाली मञ्च तास्मानियाले मानसिक स्वास्थ्य सम्बन्धि फस्ट एडको तालिम संचालन गर्ने

प्रवासी नेपाली मञ्च तास्मानियाले मानसिक स्वास्थ्य सम्बन्धि फस्ट एडको तालिम संचालन गर्ने


तास्मानिया, अष्ट्रेलिया ।

प्रवासी नेपाली मञ्च तास्मानियाले मानसिक स्वास्थ्य सम्बन्धि फस्ट एडको दुई दिने तालिम संचालन गर्ने भएको छ। मञ्चले तास्मानियाको लञ्चेस्टनमा नोभेम्बर १८ र १९ तारिख दुई दिन निशुल्क मेन्टल हेल्थ फस्ट एडको तालिम संचालन गर्न लागेको हो।

नेपाली समुदायका युवाहरुमा बढ्दो मानसिक समस्यालाई ध्यानमा राखि तालिम प्रदान गर्न लागिएको मञ्चका तास्मानिया अध्यक्ष मुगेन गौतमले बताए। यस्तै मञ्चले दिपावलीको अवसरमा यही अक्टोबर २२ तारिखका दिन देउसी भैलो एवम् शुभकामना आदान प्रदानको कार्यक्रमको पनि आयोजना गरेको उनले जानकारी दिए।

देउसी भैलोबाट संकलित रकम मञ्चले सामाजिक कार्यहरुमा खर्च गर्ने अध्यक्ष गोतमले बताए।