तास्मानीय अष्ट्रेलिया ।
कोरोना भाइरस (कोभिड–१९) का कारण अष्ट्रेलिया करीब २ वर्ष आवगमन बन्द भयो। गत फेब्रुअरी २१ तारिखबाट स्कट मोरिसनले अन्तराष्ट्रिय सिमाना खोलेसँगै अष्ट्रेलिया आउनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ। अष्ट्रेलियामा पढ्न आउने विद्यार्थी देखि विभिन्न कामले यहाँ आउने विदेशीले गर्दा चहलपहल निकै बढेको छ।
कोरोनाका कारण थलिएका नेपाली समुदायका क्रियाकलाप अहिले फेरी विस्तारै जुरमुराउँदै छन्। अष्ट्रेलिया आवगमनमा सहज भएसँगै यहाँ नेपाली सांगीतिक कार्यक्रम दिनहुँ हुने गरेका छन्। अहिले प्राय नेपाली कलाकार अष्ट्रेलियाका विभिन्न कार्यक्रममा व्यस्त भएको पाइन्छ। झण्डै दुई बर्षसम्म घर भित्रै बसेका यहाँका नेपालीले पछिल्लो समय आफ्नो मौलिक संगीतमा रमाउँन पाउँदा खुःसी देखिन्छन्। तर दिनहुँ पिच्छे सांगीतिक कार्यक्र हुनाले सुरुको कार्यक्रमको जस्तो अहिले उपस्थिति नगन्य मात्रमा रहेको देखिन्छ।
कार्यव्यस्थता र एउटै प्रकृतिको कार्यक्रमले दर्शकमा यहाँ हुने नेपाली सांगीतिक कार्यक्रम प्रतिको क्रेज कम भएको अष्ट्रेलियामा रहेका नेपाली जानकारहरु बताउँछन्। अष्ट्रेलियामा भएका केही कार्यक्रमले प्रयोजक र दर्शकको राम्रो साथ पाएको थियो। त्यस यताका कार्यक्रममा खासै दर्शकको रुची नदेखिएको पाइन्छ।
नेपालबाट कलाकारलाई अष्ट्रेलिया बोलाएर कार्यक्रम गर्न पनि त्यती सजिलो भने छैन्। कार्यक्रको व्यवस्थापन खर्च देखि कलाकारले लिने पारिश्रमिक वापतको रकम जुटाउन अयोजकलाई हम्मे हम्मे परेको छ। यी सबै खर्चको व्यवस्थापन गर्ने मुख्य श्रोत भनेकै टिकटर प्रयोजक नै हुने गर्दछ। यही आर्थिक व्यवस्थापनको पैसा उठाउने कार्यक्रमका आयोजकले यहाँ रहेका नेपाली व्यवसायीलाई जर्बजस्ती प्रयोजक बिल्ला भिडाइदिने गर्दछन्। कार्यक्रमको प्रयोजकको नाममा आयोजकले ५ देखि १० हजार अष्ट्रेलियन डलरसम्म उठाउने गरेको व्यवसायीको गुनासो छ।
कारोनाले थला परेका यहाँका व्यवासयीलाई संस्कृतिको जगेर्नाका नामा उठाउने पैसाले थप समस्यामा पारेको उनीहरु बताउँछन्। अवश्यक भन्दा बढी कार्यक्रम गरिदिनाले सहयोग भन्दा पनि कार्यक्रममै सहभागी हुन नसक्ने अवस्था आएको ग्लोबल कन्सल्टका संचालक सूर्य देवकोटाले बताए। उनले यसरी ब्याक टु ब्याक कार्यक्रम गर्नाले नेपाली सांगीतिक कार्यक्रमप्रति यहाँका नेपालीको आर्कषण घटेको बताए। उनले सकेसम्म यहाँका आयोजकहरुले पनि यो कुरामा गम्भीर हुनुपर्ने औल्याए।
एक्सपार्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका रसिक श्रेष्ठले दैनिक भइरहने कार्यक्रमले तास्मानिया रहेका नेपाली व्यवसायी र दर्शकले धान्न नसकन्ने बताए। आरजिआइटीका तास्मानिय क्याम्पस म्यानेजर अनिल श्रेष्ठले आयोजकले अब प्रयोजक खोजेर मात्रै कार्यक्रम गर्छु भन्ने मानसिकता हटाउनु पर्ने बताए। उनले पुरानै तरिकाले भन्दा पनि केही नयाँ आइडियाले कार्यक्रमको आर्थिक व्यवस्थापन गर्नुपर्ने धारणा राखे। उनले आफुहरुलाई प्रयोजन गरिदिन भन्दै दिनहू आयोजक अफिसमा धाउने गरेको भन्दै सबैलाई प्रयोजन गर्न सकिने अवस्था नरहेको बताए।
अयोजकले प्रयोजकलाई तपाईँको व्यवसायलाई यसरी प्रर्वद्धन गर्न सकिन्छ भन्ने मोडालिटीका साथ आए सहयोग गर्न सकिने ग्रिस इन्टरनेसनलका बिकेन्द्र सापकोटा बताउँछन्। उनले कार्यक्रम छ पैसा दिनुस् भन्ने प्रवृति पछिल्लो समय मौलाएको बताए। यहाँको व्यवसायले सबै कार्यक्रमलार्य आर्थिक सहयोग गर्ने अवस्था नरहेको उनले बताए। उनले अयोजकले जबरजस्ति पैसा उठाउने गरेको गुनासो गरे। अष्ट्रेलियामा यस्तै अवस्था रह्यो भने कसैले पनि आर्थिक सहयोग गर्न नसक्ने उनको भनाइ छ।
नेपाली व्यवसायीक संघ तास्मानियाका अध्यक्ष रेवन्त बस्नेतले कार्यक्रको अयोजना गर्नेले व्यवसायीको मनोभाव बुझेर मात्र आर्थिक सहयोग माग्नुपर्ने धारणा राखे। प्रेसरले भन्दा पनि व्यवसायलाई सहयोग हुने गरी प्रयोजन माग्न आग्रह गरे। विदेशमा नेपालबाट कलाकार ल्याएर कार्यकम्र राम्रो पक्ष भएको भन्दै यसको असर व्यवसायीलाई नपार्ने बारे पनि आयोजकले सोच्नुपर्ने उनले बताए।
अयोजकहरुले पनि आफूलाई व्यवस्थापकिय हिसावले अगाडी बढ्न कस्ता खालका कार्यक्रम गर्ने भन्ने बारेमा गृहकार्य गर्नुपर्नै नेपाली सोसाइटी तास्मानियाका अध्यक्ष तोयाराज भट्टराईको सुझव छ।
मेरिड्स सभिसेजका प्रबन्धक निर्देशक प्रविन खरेलका अनुसार पहिला पहिला तास्मानियामा सय डलर दिनुनै ठुलो कुरा हुन्थ्यो त्यसबेला यति पैसाले राम्रो स्पोन्सर हुन्थ्यो। पछिल्लो पटक दैनिक जसो हुने कार्यक्रम स्पोन्सरले व्यवसायमाथि थप आर्थिक भारी परेका छ। यती हुँदा हुँदै पनि आफुले सामाजिक कार्यमा सहयोग गर्दै आएको खरेलको भनाइ छ।
नेपाली कला संस्कृतिको जगेर्ना गर्ने नामले यसरी गरिने कार्यक्रमले समाज नराम्रो सन्देश दिने पो होकी भन्नेमा जानकारहरु चिन्तित छन्। अष्ट्रेलियामा सांगीतिक टुर गर्न आउने नेपाली कलाकारलाई उल्लेख्य दर्शकको साथ नपाएपछि अपमान महसुस हुनेमा पनि आयोजक गम्भीर हुनपर्ने देखिन्छ। दैनिक भइरहने कार्यक्रममा नेपाली दर्शकको अपस्थिति न्यून हुँदै गएको छ। यी सबै कुरालाई मध्यनजर गर्दै आयोजकले पनि यहाँको वास्तविक अवस्थालाई अध्यान गरेर कस्तो खालको कार्यक्रमको आयोजना गर्ने भन्ने बारेमा एक पल्ट सोच्न की ?
प्रतिक्रिया