दोस्रो संस्करणको ‘दसैँ कप २०२२’ को उपाधि बिकास्टलाई

दोस्रो संस्करणको ‘दसैँ कप २०२२’ को उपाधि बिकास्टलाई


तास्मानिया अष्ट्रेलिया ।

नेपाली सोसाइटी अफ तास्मानियाले आयोजना गरेको दसैँ कप २०२२ दोस्रो संस्कराण सम्पन्न भएको छ। ६ टिम सहभागी उक्त खेल होबार्टस्थित वारिअर पार्क फुटबल पिच वारानेमा शनिबार सम्मपन्न भएको हो। लिग चरणमा भएको उक्त खेलमा भुटनिज फुटबल क्लब साउथर्न (बिकास्ट) र लन्चेस्टन फुटबल क्लब फाइनलमा प्रवेश गरेका थिए। 

फाइनल खेलमा भुटनिज फुटबल क्लब साउथर्न (बिकास्ट)ले लन्चेस्टन फुटबल क्लबलाई ३–० को गोल अन्तरले पराजित गर्दे उपाधि जितेको हो। दसैँ कप २०२२ दोस्रो संस्करणको विजेता बनेको भुटनिज फुटबल क्लब साउथर्न (बिकास्ट)ले १५ सय अष्ट्रेलियन डलर, मेडल र प्रमाणपत्र पाएको छ।

यस्तै दोस्रो हुने लन्चेस्टन फुटबल क्लबले एक हजार अष्ट्रेलियन डलर, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उक्त प्रतियोगितामा बेष्ट स्कोररको अवार्ड भुटनिज फुटबल क्लब साउथर्न (बिकास्ट)का भिम डाँगीले हात पारे भने वेस्ट किपरको उपाधि खुकुरी फुटबल क्लबका आमोद कार्कीले प्राप्त गरेका छन्। वेस्ट प्लेयर भुटनिज फुटबल क्लब साउथर्न (बिकास्ट)का भिम डाँगी भएको म्याच कमिस्नर हरि गोतामेले केबीसी खबरलाई जानकारी दिए। 

सोसाइटीका अध्यक्ष तोयाराज भट्टराईले दसैँ कप २०२२ दोस्रो संस्करणलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रयोजक, रेफ्री, स्वंयम सेवक, फुटबल संघ, प्रतियोगितामा सहभागी टिमलगायत तास्मानियावासी खेलप्रमी नेपाली समुदायलाईलाई धन्यवाद दिएका थिए।