तास्मानिया, अष्ट्रेलिया ।
आइतबार तास्मानियाको लनचेस्टनमा नेपाली समुदायले आफ्नो मौलिक पोशाकमा सजिएर पञ्चेबाजासहितको परेड गर्दै यस वर्षको दशैंलाई बिदाई गरेका छन् । विभिन्न नेपाली भेषभूषाका साथ बालबालिकादेखि बुवा-आमाहरु नेपाली झन्डा लिएर सांस्कृतिक परेडमा सहभागी भएका थिए ।
नेपाली सोसाइटी अफ नदर्न तास्मानियाको आयोजना गरेको परेड सिभिक स्क्वायर-चार्ल्स स्ट्रिट-प्याटरसन स्ट्रिट-सेन्ट जोन्स सेन्ट हुँदै सिभिक स्क्वायरमा नै पुगेर समापन गरिएको थियो। परेडमा सहभागी हुन तास्मानियाको होबार्टदेखि बर्नीसम्मका नेपाली समुदाय भेला भएका थिए ।
नेपाल र अष्ट्रेलियाको झण्डा फहराउँदै सिभिक स्क्वायर आइपुगेको परेडमा पन्चेबाजा तथा विभिन्न संस्कृतिको मौलिक नृत्य आकर्षक देखिन्थ्यो ।
परेडमा लाखे नाचले सबैको ध्यान खिचेको थियो । नेपालको मौलिकता झल्कने परेडमा दसैँ मनाउन अष्ट्रेलिया आएका अभिभावक पनि रमाएका थिए । उनीहरु पनि पन्चेबाजको धुनसँगै नाचेका थिए ।
पहिलो पटक लान्सेस्टनमा संस्कृति परेड आयोजना भएकोमा सहभागीले खुसी व्यक्त गरेका छन् । परेडलाई लनचेस्टनका मेयरले सम्बोधन गरेका थिए । धेरैले आगामी नोभेम्बरमा होबार्टमा आयोजना गरिने नेपाल फेष्टिभल परेडको झल्को लन्चेष्टनमै देख्न पाइएको भन्दै प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया