सिड्नी, अष्ट्रेलिया । सिड्नीको रोजहिलमा रहेको सोल बाउल क्याफेमा कार्यरत एक नेपाली युवा सुमन धितालमाथि एक ग्राहकले अपशब्द प्रयोग गर्दै तातो कफीले हिर्काएर आक्रमण गरेका छन् । यस घटनाको सीसीटिभी फुटेज सार्वजनिक भएपछि यतिबेला अष्ट्रेलियाको समाजमा यस बारेमा व्यापक बहस भइरहेको छ । साथै प्रहरीले उक्त घटनामा संलग्न ग्राहकको खोजी तिव्र बनाएको जनाएको छ ।…