काठमाडौँ ।प्रदेश सरकारले चालु आर्थिक वर्ष चार अर्ब ७१ करोड २० लाख ८३ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा १० महिनासम्ममा एक अर्ब ५६ करोड ६ लाख ११ हजार ८५२ रुपैयाँ सङ्कलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।प्रदेशको आन्तरिक स्रोतमा उल्लेख भएका विभिन्न शीर्षकमध्ये तोकिएको लक्ष्यको ५० प्रतिशतसम्म पनि कुनै शीर्षकमा असुल…