एडिलेड, अष्ट्रेलिया । भोलि शुक्रबार २२ अगस्ट एडिलेडमा तीज धमाका हुने भएको छ । एक हजार दर्शक क्षमताको कन्सर्ट हलमा निःशुल्क तीजको रमाइलो गर्न पाइनेछ । वुडभिल टाउन हलमा हुन लागेको तिज कार्यक्रम गिरिश इभेन्ट्स एंटरटेन्मेन्टले गर्न लागेको हो ।
कार्यक्रममा चर्चित नेपाली गायक खेम सेन्चुरी, गायिकाहरु सुनिता बुढा क्षेत्री र जानुका तामाङका साथमा नृत्यमा स्वोस्तिका खत्री र आशिका राई समावेश छन् । कलाकारहरु बिहीबार नै एडिलेड आइपुगेका छन् । विमानस्थलमा कार्यक्रम आयोजक संस्थाको तर्फबाट गगन गिरी र मुख्यप्रायोजक ग्रेस ईन्टरनेशनल साउथ अष्ट्रेलियाका प्रतिनिधिले कलाकारहरुलाई स्वागत गरेका थिए ।
नेपाली नारीहरुको चाड तीजका अवसरमा अष्ट्रेलिायका विभिन्न शहरहरुमा कार्यक्रम भइरहेका छन् । एउटै शहरमा पनि कैयौं ठाउँमा दिदीबहिनीहरु भेला भएर गीत संगीतका साथ रमाइलो गरिरहेका छन् । एडिलेडमा गरिने तीज धमाकामा लक्की ड्र मार्फत पुरस्कारको व्यवस्था पनि गरिएको छ । कार्यक्रमका सहभागीमध्ये एकजनाले रातो पोतेका साथ तिलहरी पुरस्कार पाउने आयोजकले जनाएको छ । कार्यक्रमस्थलमै स्वादिष्ट नेपाली परिकार पनि किन्न पाइनेछ ।

प्रतिक्रिया