फेन्काको साधारणसभा र नेतृत्व हस्तान्तरण ब्रिसबेनमा सम्पन्न

फेन्काको साधारणसभा र नेतृत्व हस्तान्तरण ब्रिसबेनमा सम्पन्न


ह्यामिल्टन, क्वीन्सल्यान्ड । अष्ट्रेलियास्थित नेपाली समुदायको छाता संगठन फेडेरेसन अफ नेपालीज कम्युनिटी एसोसिएसन्स अफ अष्ट्रेलिया फेन्काले आफ्नो सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। शनिबार ह्यामिल्टन टाउन हल, ३६ रेसकोर्स रोड, ह्यामिल्टन, क्वीन्सल्यान्डमा सम्पन्न साधारणसभामा नयाँ नेतृत्वलाई पदहस्तान्तरण समेत गरिएको छ ।

कार्यक्रममा नयाँ कार्यसमितिलाई शपथग्रहण गराइएको थियो । साधारणसभाले आगामी दुई वर्षको लागि चाल्नुपर्ने कदमहरुका विषयमा छलफल गरेको थियो भने गत कार्यकालमा भएका कार्यक्रमहरुको समिक्षा समेत गरियो । वार्षिक साधारणसभामा अष्ट्रेलियाको संसदका सभामुख डिक मिल्टन, क्वीन्सल्याण्डकी बहुसांस्कृतिक मन्त्री फियोना सिम्पसन, सांसद चारिस मुल्लन, एनआरएन अष्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष सन्तोष कुँवर, नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डका अध्यक्ष टिकराम शर्मा लगायतले साधारणसभा सफलताको शुभकामना दिएका थिए ।

त्यसैगरी, कार्यक्रमलाई सफल बनाउन योगदान दिने सबै सदस्य संस्थाका प्रतिनिधि, निर्वाचन समिति, स्वयंसेवक, सामुदायिक अगुवा, संरक्षक परिषद्का सदस्य, अन्तरराज्य अतिथि, कलाकार, प्रायोजक र सहयोगीहरूलाई पेन्काले धन्यवाद दिएको प्रवक्ता भोला गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सम्पन्न निर्वाचनबाट फेन्काको अध्यक्षमा मधुसुदन पुडासैनी निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा कपिल पाण्डे, महासचिवमा भोला गिरी, सहमहासचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा जीवन राना, सहकोषाध्यक्षमा केदार रिजाल, प्रवक्तामा केशव शर्मा, सहप्रवक्तामा सुरेन रेग्मी निर्वाचित भएका हुन् ।

सर्वसम्मत नेतृत्व चयन गरिएको निर्वाचनबाट अष्ट्रेलियन क्यापिटल टेरेटोरी संयोजकमा सुरज पौडेल, न्यूसाउथवेल्स संयोजकमा मुक्तिराम पोखरेल, साउथ अष्ट्रेलिया संयोजकमा पुष्कर कोइराला, तास्मानिया संयोजकमा कमल भण्डारी, भिक्टोरिया संयोजकमा कृष्णबहादुर महरा, वेष्टर्न अष्ट्रेलिया संयोजकमा डिल्लीराम पराजुली चयन गरिएको थियो ।