पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान थाल्ने सिचुवान एयरलाईन्सको तयारी

पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान थाल्ने सिचुवान एयरलाईन्सको तयारी



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने योजना सार्वजनिक गरेको छ । सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पूरा गरेर अनुमति लिने तयारी थालेपछि यो खुलेको हो ।

प्राधिकरणका अनुसार सिचुवान एयरलाइन्स पोखराबाट उक्त गन्तव्यमा उडान गर्न तयार भएको छ । त्यसका औपचारिक रुपम प्रक्रिया टुङ्गाउने विषयमा द्विपक्षिय छलफलमा भइरहेकोले छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट आउने पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार भैरहबाट पनि उडान गर्न कुवेतका वायुसेवा कम्पनी जजीरा एयरलाइन्स तयारी गरिरहेको जजीराले हाल कुवेतबाट काठमाडौं उडान गर्दै आएको र भैरहवामा जान प्राधिकरणले दबाब दिइरहेको छ भने यस अघि पनि काठमाडौंमा हुने उडान संख्या कटौती गरेरै भैरहवाका पठाएको थियो । प्राधिकरणले यो वायुसेवलाई भैरहवाबाट उडान गर्न गरेको प्रोत्साहनसहितको कारण यसले आगामी डेढ महिनाभित्रै भैहरवाबाट उडान गर्ने तयारी गर्दै छ ।

प्राधिकरणका अनुसार भैहरवाबाट जजीरा र पोखराबाट सिचुवान एयरलाइन्सले उडान सुरु गरेपछि दुबै विमानस्थलमा अरु विदेशी वायुसेवा पनि आकर्षित हुने छन् ।