फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि डिलिट हुने भएको छ । फेसबुक मंगलबार गरेको नयाँ घोषणा अनुसार अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित रहने छैनन् । यसअघि यस्ता भिडियोहरू अनिश्चितकालसम्म भण्डारण हुन्थ्यो । यो नयाँ व्यवस्था बुधबारदेखि लागु हुनेछ । फेसबुक सञ्चालक संस्था मेटाका अनुसार कुनै पनि भिडियो मेट्नुअघि प्रयोगकर्तालाई यसबारे…