काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बडा दशैं २०८२ को शुभकामना दिएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले भाद्र २३ र २४ गते भएको घटनाका घाइतेहरुलाई सहानुभूति दिँदै स्वास्थ्यलाभको कामना गरेका छन् भने जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली दिइएको शुभकामनामा उनले आफ्नो घरमा भएको आक्रमणका बारेमा भने एक शब्द पनि लेखेका छैनन् । साथै, आफूलाई गरिएको कुटपिटको कुरा पनि उनले उठाएका छैनन् । संविधानलाई जोड दिँदै उनले राजनीतिक जटिलताको समाधान संविधानले मात्र दिनसक्ने पनि भनेका छन् ।
नेपालको विकास र सम्बृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ । देउवाले भनेका छन् । यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरुन् भन्ने कामना पनि देउवाले गरेका छन् ।
यस्तो छ विज्ञप्ति

प्रतिक्रिया