मेलबर्न, अष्ट्रेलिया । फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अष्ट्रेलिया फेन्काको अध्यक्षमा मधुसुदन पुडासैनी निर्विरोध निर्वाचित भएका छन् । हालै सम्पन्न भएको संस्थाको निर्वाचनबाट उपाध्यक्षमा कपिल पाण्डे, महासचिवमा भोला गिरी, सहमहासचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा जीवन राना, सहकोषाध्यक्षमा केदार रिजाल, प्रवक्तामा केशव शर्मा, सहप्रवक्तामा सुरेन रेग्मी निर्वाचित भएका छन् । समूदायका अगुवा जोग लिम्बुको नेतृत्वमा बनाइएको निर्वाचन…