काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले चाडपर्वको समयमा अवस्थालाई बलियो बनाउन सरकारलाई निर्देशन दिएको छ। आइतबार विज्ञप्ति निकालेर आयोगले सेवा प्रवाहलाई चुस्त बनाउन र शान्ति सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएको हो।
जेन(जी आन्दोलनकोक्रममा प्रहरीको भौतिक संरचना ध्वस्त छ। शान्ति सुरक्षाको अवस्था कमजोर रहेको बेलामा आयोगले चाड
पर्व लक्षित सुरक्षा बनाउन सरकारलाई निर्देशन दिएको हो।
आयोगले मानवअधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश शाखा कार्यालयहरू दशैदेखि छठसम्मको बिदाको दिनमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने बताएको छ।
मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोगले अनुरोध समेत गरेको छ ।
आयोगले सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुने क्रियाकलाप हुने सम्भावना रहेको भन्दै ध्यानाकर्षण समेत गराएको छ।
प्रतिक्रिया