काठमाडौं। अविरल वर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो खसेपछि नागढुंगा चेकपोस्टबाट काठमाडौंतर्फ जाने सवारीसाधनलाई फर्काइएका छन्।
ट्राफिक प्रहरीले माइकिङ गर्दै सडक अवरुद्ध रहेको जानकारी दिंदै सवारीसाधनलाई नागढुंगाबाटै रोकेर राजधानी फर्काइरहेका छन्। अहिले सम्म करिब २५० भन्दा बढी गाडी फर्काइएको ट्राफिक प्रहरीले जनाएको छ।
शुक्रबार रातिदेखि परेको लगातार वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत जवाङ खोलासहितका ठाउँमा पहिरो खसेको छ। अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको भएपनि अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन।
यसबीच, ट्राफिक प्रहरीले यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ भने सम्बन्धित निकायले पहिरो पन्छाउने कामलाई तीव्रता दिएको जनाएको छ।


प्रतिक्रिया