नेपाल र वेस्ट ईन्डिज पहिलो पटक आमनेसामने !

नेपाल र वेस्ट ईन्डिज पहिलो पटक आमनेसामने !



काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज राति ८ बजेदेखि हुँदैछ ।

शारजाह क्रिकेट मैदानमा हुने खेल पहिलोपटक खेल्न लागेको हो । त्यस्तै आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको द्विपक्षीय सिरिज हुन लागेको पनि यो पहिलोपटक हो ।

खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले पछिल्लो समय नेपालको खेल राम्रो हुँदै आएको बताउँदै यस शृंखलामा पनि राम्रो प्रदर्शन गरेर जित निकाल्ने बताए ।

त्यस्तै वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पनि नेपालको ऐतिहासिक शृंखलाको हिस्सा हुन पाउँदा खुसी लागेको बताउँदै खेलका लागि उत्साहित रहेको बताए ।