मेलबर्न, अष्ट्रेलिया । फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया अर्थात् फेन्का । नामबाटै प्रष्ट छ यो अष्ट्रेलियामा रहेका नेपालीमूलका बासिन्दाहरुले विभिन्न राज्यमा खोलेका संस्थाको संघीय छाता संगठन हो । यसको स्थापना सन् २०१५ मा सिड्नीमा आयोजना गरिएको एक विशेष भेलाले गरेको थियो । एनआरएन अष्ट्रेलियाको समेत सक्रियतामा आयोजना गरिएको उक्त भेलामा विभिन्न राज्यबाट आएका…