दिनेश खड्का बने अकल्याण्डका लागि नेपाली अवैतनिक वाणिज्यदूत

क्यानबेरा, अष्ट्रेलिया । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले न्यूजिल्याण्डको अकल्याण्ड, वैकाटो र नर्थल्याण्ड क्षेत्रका लागि अवैतनिक वाणिज्यदूतमा दिनेश खड्कालाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । अष्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली दूतावासमा आयोजना गरिएको एक कार्यक्रममा राजदूत पोखरेलले नवनियुक्त अवैतनिक वाणिज्यदूत खड्कालाई नेपाल सरकारले नियुक्त गरेको पत्र हस्तान्तरण गरेका हुन् । यस्तै राजदूत पोखरेलले वेष्टर्न अष्ट्रेलियाका लागि…