अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत आज आइपुग्दै, २५ तारिख ओहोदाको प्रमाणपत्र बुझाउने

अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत आज आइपुग्दै, २५ तारिख ओहोदाको प्रमाणपत्र बुझाउने


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत कैलाशराज पोखरेल सोमबार साँझ यहाँ आइपुग्दै हुनुहुन्छ । राजधानी क्यानबेरामा अवस्थित दूतावाससम्मको यात्राका क्रममा सोमबार राजदूत पोखरेल मेलबर्न उत्रिन लाग्नुभएको हो । मेलबर्नमा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन सहित समूदायका अगुवाहरुले राजदूत पोखरेललाई स्वागत गर्दैहुनुहुन्छ ।

मंगलबार विहानै क्यानबेरातर्फ लाग्ने सूचि छ ।

गत असार १२ गते मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई अष्ट्रेलियाको राजदूतमा नियुक्त गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २ सय ८२ बमोजिम नियुक्त गर्नुभएको हो । अष्ट्रेलिया र नेपालको ऐतिहासिक ६ दशक लामो सम्बन्धमा नयाँ राजदूतले कस्तो भूमिका निर्वाह गर्नेछन् यो भने प्रतिक्षाको विषय छ ।

यसअघि राजदूत महेशराज दाहाललाई सरकारले फिर्ता बोलाएको थियो भने त्यसअघिकी राजदूत लक्की शेर्पा पनि आफ्नो कार्यकाल नसकिँदै फिर्ता बोलाइएकी थिइन् ।

नवनियुक्त राजदूत पोखरेलले जुलाई २५ तारिख अष्ट्रेलियाका गभर्नर समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने तय भएको छ ।