एडिलेडमा पशुपति शर्मा र रचना रिमालले तिज धमाका गर्दै

एडिलेडमा पशुपति शर्मा र रचना रिमालले तिज धमाका गर्दै


एडिलेड । नेपाली महिलाहरुको पर्व तीजको उपलक्ष्यमा आयोजित कार्यक्रमका लागि लोकप्रिय नेपाली कलाकार पशुपति शर्मा र रचना रिमाल अगष्ट ८ मा एडिलेड आउने भएका छन् ।

केबिसी खबर को संयोजनमा अष्ट्रेलिया भ्रमणमा रहेका कलाकारहरु एडिलेडमा गिरीश इभेन्ट, चन्द्र सुर्य इभेन्ट र थ्रिकेजी इभेन्टद्वारा आयोजित कार्यक्रममा सहभागी हुन लागेका हुन् । गिरीश इभेन्टका निर्देशक गगन गिरीले नेपाली हिन्दु नारीहरुको महान पर्व विगत केहि वर्ष कोरोना महामारीका कारणले खुलेर मनाउन नपाएकाले यस वर्ष भव्य रुपमा मनाउन कलाकारहरुलाई आमन्त्रण गरिएको बताए । यसैगरि कलाकार रचना रिमाले एडिलेड सहित अष्ट्रेलिया भ्रमण प्रति निकै उत्सुक रहेको र नेपाली दर्शक श्रोतालाई भरपुर मनोरञ्जन दिने वताइन ।

पछिल्लो समय `लुटन सके लुट कान्छा´ बोलको गितबाट चर्चा कमाएका स्याङ्जाली लोक गायक पशुपति शर्मा नेपाली संगित आशाका निकै रुचाइएका कलाकार हुन् । नेपाल आइडलबाट उदायकी झापाली रचना रिमाल युवा पुस्तामा मात्र नभएर सबै तहका नेपालीहरुले रुचाइएकी कलाकार हुन् ।

एडिलेडको स्थानिय डोम पोल्स्की सेन्टरमा साझ ६ वजेबाट शुरु हुने कार्यक्रममा स्थानिय कलाकारहरुको समेत गित तथा नृत्य प्रस्तुति हुने आयोजकले जनाएका छन् ।प्रवेश शुल्क १५ रहेको समेत जनाइएको छ ।