निःशुल्क योग सिकाउँदै एनआरएन अष्ट्रेलिया, भोलि सिड्नीमा कार्यक्रम

निःशुल्क योग सिकाउँदै एनआरएन अष्ट्रेलिया, भोलि सिड्नीमा कार्यक्रम


सिड्नी, अष्ट्रेलिया ।

भीडभाडपूर्व दैनिक गतिविधि, कामको तनाव, पढाईको बोझबाट अलिकति समय निकालेर आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको लागि केही गर्न चाहनेहरुका लागि एनआरएन अष्ट्रेलियाले निःशुल्क योग कक्षा आईतबार सिड्नीमा गर्ने भएको छ ।

सिडनीको बार्डियास्थित म्याक्सवेल क्रिक ओभलमा विहान ९ बजेदेखि ११ बजेसम्म गर्न लागिएको कार्यक्रममा पतन्जली योगपीठबाट प्रमाणित योगगुरुहरु लेखनाथ पन्त र राधिका पन्तले उपस्थितलाई योगका विभिन्न आयामबारे प्रशिक्षित गर्ने कार्यक्रम रहेको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक देव गुरुंगले जानकारी दिएका छन् ।