दिनेश खड्का बने अकल्याण्डका लागि नेपाली अवैतनिक वाणिज्यदूत

दिनेश खड्का बने अकल्याण्डका लागि नेपाली अवैतनिक वाणिज्यदूत


क्यानबेरा, अष्ट्रेलिया ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले न्यूजिल्याण्डको अकल्याण्ड, वैकाटो र नर्थल्याण्ड क्षेत्रका लागि अवैतनिक वाणिज्यदूतमा दिनेश खड्कालाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

अष्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली दूतावासमा आयोजना गरिएको एक कार्यक्रममा राजदूत पोखरेलले नवनियुक्त अवैतनिक वाणिज्यदूत खड्कालाई नेपाल सरकारले नियुक्त गरेको पत्र हस्तान्तरण गरेका हुन् ।

यस्तै राजदूत पोखरेलले वेष्टर्न अष्ट्रेलियाका लागि अवैतनिक वाणिज्यदूत फेड्रीक नील ब्राउनलाई अवैतनिक महावाणिज्यदूतमा बढुवा गरिएको पत्र पनि हस्तान्तरण गरेको राजदूतावासले जनाएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश पोखरेल न्यूजिल्याण्डका लागि समेत गैरआवासीय राजदूत हुनुहुन्छ ।

अवैतनिक वाणिज्यदूत खड्काले त्यस क्षेत्रबाट नेपालीहरुका लागि कन्सुलर सेवा प्रदान गर्नेछन् भने नेपाल भ्रमणमा जान चाहनेहरुको लागि नेपाली प्रवेषज्ञा भिसा समेत प्रदान गर्नेछन् ।