जेन्जीलाई सहयोग गर्नेभन्दै ठूलो सहायता रकम अष्ट्रेलियामा संकलन, न्यून मात्रै पुग्यो नेपाल !

जेन्जीलाई सहयोग गर्नेभन्दै ठूलो सहायता रकम अष्ट्रेलियामा संकलन, न्यून मात्रै पुग्यो नेपाल !

हतारमा सहयोग संकलन अभियान, ईमर्जेन्सी फन्ड २ महिनापछि पनि पुगेन पीडितसम्म


मेलबर्न, अष्ट्रेलिया ।

नेपालमा सानो घटना हुने वित्तिकै विदेशमा भएका नेपालीहरुको मन दुख्छ । यति मात्र होइन, नेपालमा प्राप्त हुने उपल्ब्धीहरुलाई सेलिब्रेट गर्नेमा पनि विदेशमा भएका नेपाली नै अग्रपंक्तिमा हुन्छन् । यस्तो खुशी या दुःखको क्षणमा आफ्नो गक्षले भ्याएसम्म सहयोग उनीहरु गर्दछन् । तर, यसरी जम्मा हुने सहयोग राशी लक्षित वर्गमा पुग्ने गरेको छ त रु पक्कै पनि यो गम्भीर प्रश्न हो । अथवा यसो भनौं संकलित सहयोग रकम कतिपय अवस्थामा समय घर्कीसकेपछि मात्र नेपाल पुग्नाले त्यसको उपादेयता नै समाप्त भइसकेको समेत हुनसक्छ ।

आज हामीले यहाँ प्रस्तुत गर्न लागेको विषय जेन्जी आन्दोलनमा भएको दमन र त्यसपछि ज्यान गुमाएकाहरु र घाइतेलाई राहत प्रदान गर्ने भन्दै ईमर्जेन्सी फन्ड कलेक्सन गर्ने नाममा अष्ट्रेलियामा गोफन्डमी मार्फत उठाइएको रकममा केन्द्रित छ । स्वभावैले ईमर्जेन्सी फन्ड भनेको तत्कालै उपचार नपाएका व्यक्तिहरुको सहयोगका लागि थियो । तर, भनिए अनुसार अहिलेसम्म ठूलो रकम नेपाल पुग्न सकेको छैन । फन्ड संकलनकर्ताहरुमध्ये कतिपयले संकलित रकम नेपालमा बुझाइसकेका छन् र त्यो विभिन्न अभियन्ताहरु मार्फत पीडितहरुमा पुगेको देखिन्छ भने कतिपयले अहिले पनि यो संकलनलाई एक्टीभ नै राखेका छन् । यसको अर्थ हुन्छ अझै पनि सहयोग संकलन जारी छ । संकलन सकिएपछि बल्ल रकम संकलनकर्ताको खातामा आउनेछ, त्यसका लागि पनि कम्तिमा एक साता त लागिहाल्छ । त्यसपछि बल्ल कसलाई दिने, कसरी दिने नेपालमा भएका अभियानकर्ता या संघसंस्था खोज्ने कार्य गर्दा थप समय लाग्छ । यस्ता गोफन्डमी एकाउन्टहरु यी हुन् –
यस्तै अर्को गोफन्डमी एकाउन्टहरु छन् जसमा कसैले पनि रकम जम्मा गरेका छैनन् वा केही सय मात्र जम्मा भएको छ त्यसपछि यी निस्क्रिय छन् । यसै क्रममा आउँछन् ति एकाउन्टहरु जसमा २ हजारदेखि ६० हजारसम्म रकम जम्मा भएको छ । यी एकाउन्टका व्यक्तिहरुले केविसीखबरसँग सम्पर्क गरेका छन् र आफुहरुले संकलन गरेको रकम कसरी नेपाल पठाइयो, सहयोग भयो भन्ने बारेमा प्रमाण पनि पेश गरेका छन् ।

१. अष्ट्रेलियाको मिम, उठेको रकम ५१ हजार डलर

अष्ट्रेलियाको मिमका सञ्चालक श्री भट्ट केविसीखबरको सम्पर्कमा आए । उनले ट्याक्स काटेर करिब ५१ हजार डलर आफुहरुको खातामा आएको र त्यसमध्ये १२ लाख जति नेपालमा हन्ड्रेड ग्रुप लगायतको सहकार्यमा बाँडेको बताएका छन् । अहिले बाँकी रहेको सहयोग रकमलाई २३ गते प्रहरीको गोली लागी ज्यान गुमाएका २२ जनाको परिवारलाई प्रति परिवार एक लाखका दरले दिने तयारी भएको उनले स्पष्ट पारे । त्यस बाहेक बाँकी रहेको रकम सरकारको आह्वान अनुरुप घाइतेहरुको उपचारमा खर्च गर्नेगरी सरकारी कोषमा नै जम्मा गर्ने तयारी भएको बताएका छन् ।

२. ड्रीम हाईट्स सिड्नी, उठेको रकम २७ सय डलर

ड्रीम हाईट्सको तर्फबाट उठेको रकम कहाँ कसरी खर्च भयो भन्ने विषयमा हामीले राखेको जिज्ञासामा संस्थाको तर्फबाट गोफन्डमी मार्फत नै जवाफ आएको छ । ड्रीम हाईट्स सिड्नीमा ईभेन्ट चलाउने संस्था हो । यसले उठेको सबै रकम नेपालमा कलाकार साजन श्रेष्ठ र आशिका तामाङमार्फत वितरण गरेको बताएका छन् । उनीहरुले प्रमाणको रुपमा रकम आइपुगेको विषयमा कलाकारहरुले बनाएको टिकटक सामग्रीलाई समेत पेश गरेका छन् । टिकटकमा आशिका तामाङले ड्रीम हाईट्सको तर्फबाट ३ लाख ६७ हजार पठाएको रकम आफुले बुझेको बताएकी छिन् । यहाँ हेर्नुहोस् –

https://www.facebook.com/share/r/1KW5MFiGFy/?mibextid=wwXIfr

३. अभिषेक दाहाल, उठेको रकम ३ सय १२ डलर

ब्रिसबेनका अभिषेक दाहालले नेपालमा जेन्जी आन्दोलनका क्रममा घाइते भएका र ज्यान गुमाएकाहरुको सहयोगार्थ उठाएको रकममध्ये प्राप्त भएको ३ सय १२ डलर नेपालमा वल्र्ड रेमिट मार्फत ‘रुट अफ होप’ नामक गैरसरकारी संस्थामा पठाएको र त्यस मार्फत आन्दोलनमा पीडितहरुमा खर्च भएको बताएका छन् । उनले सहयोग रकम पठाएको प्रमाण पनि पेश गरेका छन् । यसरी पठाइएको रकम कमल ओझाले बुझेको र त्यसबाट महाराजगञ्ज र सिभिल हस्पिटलमा पानी वितरण गरिएको उनीहरुले बताएका छन् । यस्तै महाराजगञ्जमा प्रहरी कार्यालयको क्षतिग्रस्त क्यान्टिन निर्माणमा पनि सहयोग गरेको उनीहरुको दावी छ ।

४. सुनील गिरी, उठेको रकम ४ सय १३, सबै फिर्ता

केविसीखबरसँगको सम्पर्कमा आएका सुनील गिरी जो न्यूसाउथवेल्समा बसोबास गर्दछन् उनले आफुले १० हजार डलरको लक्ष्य राखेर सहयोग संकलन गरेपनि उठेको ४ सय १३ डलर पुनः दाताहरुकै खातामा फिर्ता गर्नका लागि पत्राचार गरेको प्रमाण पेश गरेका छन् । उनले केही दिनभित्र नै दाताहरुलाई पैसा फिर्ताको नोटिस दिने गोफन्डले जनाएको समेत बताए । गिरीले लक्षित रकम नउठेको र वितरणमा पनि समस्या हुने देखेपछि रकम दातालाई नै फिर्ता गर्नका लागि पत्राचार गरेको जनाएका छन् ।

५. हिरोशी खनाल, ब्रिसबेन । उठेको रकम १ लाख ७१ हजार ९ सय ५७

ब्रिसबेनका हिरोशी खनालले सुरुमा नेपालमा आपतकालीन रुपमा जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइतेहरुलाई सहयोग गर्ने भन्दै यो अभियान सञ्चालन गरेका थिए । हाम्रो निरन्तर प्रयास बाबजुद पनि निज सम्पर्कमा आएका छैनन् । हालसम्म पनि यो गोफन्डमी एकाउन्टमा पैसा जम्मा हुने क्रम जारी छ । शुक्रबार दिउँसो ४ बजेसम्ममा यो खातामा १ लाख ७१ हजार ९ सय ५७ डलर जम्मा भएको छ । यो पैसा उठाउने अभियानमा पछिल्लो समयमा गएर अमेरिकामा सञ्चालित दायित्व अमेरिका नामक गैरनाफामूलक संस्थालाई एनजीओ पार्टर तोकिएको छ । यसमा संकलित शत प्रतिशत जेन्जी आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार र ज्यान गुमाउनेका परिवारलाई दिने भनिएको भएपनि ८ सातापछिसम्म पनि सहयोग उठाउने क्रम जारी रहेको पाइँदा यसमा आशंका गर्नुपर्ने ठाउँ देखिएको छ । हाम्रो निरन्तरको प्रयासका बाबजुद पनि हिरोशी खनाल सम्पर्कमा भने आएनन् । उनी गोल्डकोष्ट निवासी नेपाली हुन् ।

६. आभास बम्जन, उठेको रकम ३ लाख ४२ हजार ४ सय २९ डलर

भिक्टोरियाको ठेगाना दिएर आभास बम्जनको नाममा सहयोग संकलन गरिएको गोफन्डमी एकाउन्टमा हालसम्म ३ लाख ४२ हजार ४ सय २९ डलर संकलन भएको छ । यो अभियान हाललाई स्थगित गरिएको छ र यसको पनि एनजीओ पार्टनरमा अमेरिकाको दायित्व नामक गैरनाफामूलक संस्थालाई मनोनयन गरिएको देखिन्छ । हामीले गोफन्डमीमार्फत नै आभास बम्जनसँग सम्पर्क प्रयास गरेका थियौं । उनी सम्पर्कमा आएनन् ।

आकस्मिक कोष भन्दै उठाइएको रकम ८ साता पछि पनि सम्बन्धित ठाउँमा नपुगेको मात्र होइन, आधा रकम जेन्जी आन्दोलनका घाइतेहरुको दीर्घकालीन हितमा प्रयोग गर्ने भनिएको छ । रकम उठाउँदा ईमर्जेन्सी फन्ड रेजिंग भन्ने तर पछि गएर दीर्घकालीन हित भन्दै रकमको बाँडफाँडको योजना बनाउने कार्यमा अष्ट्रेलियाका नेपाली समूदायले प्रश्न गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत यस किसिमको सहयोग राशी सम्बन्धित ठाउँमा खर्च हुनेमा आशंका गरेका हुन् । हामीले यो रकम कहाँ पुग्यो, कसरी खर्च हुन्छ भनेर गरेका सबै प्रश्न अनुत्तरित नै छन् । दुईवटा ठूला सहयोग संकलन अभियानमा एनजीओ पार्टनरका रुपमा अमेरिकाको एउटा गैरनाफामूलक संस्था जोडिएपछि हामीले उक्त संस्थाको खोजी समेत गरेका छौं ।


७. दायित्व युएस, नेपाल राईजिङ गैरनाफामूलक अमेरिकी संस्था

अष्ट्रेलियामा सञ्चालनमा रहेका दुईवटा ठूला फन्ड रेजिङ अभियानले एनजीओ पार्टनरका रुपमा मनोनित गरेको दायित्व युएससँग हामीले सम्पर्क गरेका छौं । उक्त संस्था सन् २०१५ अप्रिल २५ मा खोलिएको रहेछ । संस्थाले आफुहरु गैरनाफामूलक गैरसकारी संस्था भएको र दाताहरुले सहयोग गर्ने रकममा कर समेत नलाग्ने उल्लेख गरेको छ । नेपालमा विभिन्न सहयोगका कामहरु समेत गर्दै आएको संस्थाले आफ्नो सामाजिक सञ्जालमा भिडियो र पोष्टहरुमार्फत जानकारी गराएको हामीले पायौं । केविसीखबरसँगको सम्पर्कमा आएका राजेश सुरानाले हालसम्म १२ लाख डलर बराबरको सहयोग गरिसकेको दावी गरे । उनले नेपालमा विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा राहतका कामहरु गरिरहेको बताएका छन् । उनले अष्ट्रेलियामा संकलन गरिएको रकम हालसम्म संस्थाको खातामा आइनसकेको पुष्टि गरे । उनले सहयोग रकम प्राप्त हुनेबित्तिकै नेपालमा जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवार र घाइतेहरुको उपचारका लागि वितरण गरिहाल्ने आफुहरुको योजना रहेको पनि जानकारी दिएका छन् । हामीले उनलाई सोधेका थियौं

यसको जवाफमा उपाध्यक्ष राजेश श्रेष्ठले अष्ट्रेलियाको गोफन्डहरु सञ्चालनको क्रममा आफुहरुलाई जानकारी नदिइएको भएपनि पछि गोफन्डमा संकलित रकम निकाल्ने सहजताका लागि मनोनित गरिएको बताएका छन् । साथै, आफुहरुले हालसम्म गरिरहेका सबै कामहरुको विवरण समेत प्रस्तुत गरेका छन् । यस्तो छ उनको जवाफ –

Nepal Rising is officially registered as a non-profit in the US but we are not limited by geography. We are a global campaign with an active chapter also in Sydney in the past. We were formed in the aftermath of the 2015 earthquake and have been actively working in the relief, rebuilding and resilience of underserved and marginalized communities in several districts of Nepal. Our goal is to engage Nepali diaspora all over the world and raise both awareness and funds to help at the grassroots level in Nepal.

We have a 10-year track record of full transparency and accountability in the work we have done. We publish all our funds raised and disbursed in an open publicly-accessible Google sheet at the link below. In the interest of transparency and trust-building, we encourage other organizations, including community-based organizations like yours, to do the same.

https://bit.ly/nr-finance

You can also see all of our 200+ projects (including 23 projects and counting in 2025) under the “Disbursements” tab. 

As I indicated before, as a volunteer-run organization, we have very low overhead (<5%) and cover all our operating costs through our reserve funds and events rather than using donor’s funds.

With regards to the GenZ fundraisers, several groups including 60+ Nepali Student Associations (NSAs) and the Australia GoFundMe fundraisers have designated us as the beneficiary to channel the funds to Nepal. In many cases, we amplify the funds through matching corporate and philanthropic donations, so more than 100% of the original funds reach the intended recipients in Nepal.

With regards to Hiroshi and Avash’s fundraisers, they initiated the fundraiser on their own and chose us as a verified GoFundMe non-profit to receive the funds later per GoFundMe guidelines. Unfortunately, GoFundMe has not released the funds yet and we are actively working with them to get them processed as soon as possible. In the meantime, we are partnering with teams on the ground to verify the families of the deceased and the injured so the funds get to the real victims directly. We are not in touch with other fundraisers based in Australia.

We plan to set aside and disburse 100% of the funds to the families of deceased and injured through direct payments and also longer-term community programs. None of the funds raised are being used for our operational expenses as previously reported, we hope you can correct this misinformation.

We will soon announce our plans for the disbursements of the funds. We not only believe in transparency but practice transparency on a daily basis. We will publicly track the disbursement of the funds for full transparency, leaving no room for doubt.

हामीले अमेरिकामा सञ्चालित दायित्व नामक संस्थाको गत सन् २०१८ देखि २०२१ सम्मको को ट्याक्स रिटर्न समेत प्राप्त गरेका छौं जसमा उनीहरुले २०१८ मा ४७ हजार ८ सय ९९, २०१९ मा २० हजार ६ सय ७४, २०२० मा ५३ हजार ५ सय ६ र २०२१ मा १ लाख ४२ हजार ४ सय ४० डलर प्राप्त गरेको देखिन्छ ।

अहिले उक्त संस्थाले अष्ट्रेलियाबाट मात्रै प्राप्त गर्ने भनी मनोनयन गरिएको रकम ५ लाख डलरभन्दा बढी छ । हेर्नुहोस् उनीहरुको ट्याक्स रिटर्नको पूर्ण विवरण जसमा संस्थाका सञ्चालकहरुको परिचय पनि खुल्दछ ।

अमेरिकाबाट सञ्चालित दायित्व गैरसरकारी संस्थाले नेपालमा गरिरहेका काम स्पष्ट देखिएपनि जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएकाहरुलाई इमर्जेन्सी सहायता गर्ने भन्दै अष्ट्रेलियामा सञ्चालित अभियानहरुबाट लक्षित रकम भने उचित समयमा पुग्न नसकेको देखिन्छ । निकै न्यून करिब २० प्रतिशत रकम मात्र हालसम्म परिवार वा घाइतेको उपचारका लागि खर्च भएको देखिएबाट विदेशमा गरिने अर्थ संकलनको तरिकामै प्रश्न उठाउनुपर्ने बेला भएको बताउँछन् एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष केशव कँडेल । उनी अष्ट्रेलियामा सहयोग जुटाउने अनि अमेरिका पठाएर त्यसपछि नेपालमा सहयोग पठाउँदा अष्ट्रेलियन दाताहरुको बारेमा पीडितहरुले पत्तै नपाउने अवस्था चिन्ताजनक रहेको बताए ।

कता हरायो एनआरएन फाउन्डेसन ?

अष्ट्रेलियामा गैरआवासीय नेपाली संघले केही समय अघि विभिन्न सामाजिक काम गर्नका लागि सरकारी कर नलाग्ने र दाताहरुले दिएको सहयोग करकट्टा समेत गर्न सकिने भन्दै एनआरएन फाउन्डेसन दर्ता भएको जनाएको थियो । यसको संयोजनसहित बोर्ड सदस्यहरु पनि घोषित थिए । तर, नेपालमा यति ठूलो विपत्ति आउँदा र त्यसका लागि लाखौं डलर सहयोग अष्ट्रेलियामै संकलन भइरहँदा एनआरएन फाउन्डेसन भने बेखबर देखियो । अष्ट्रेलियामा संकलित ठूलो रकम सरकारी दायित्व र नीति नियमकै कारण अमेरिकाको गैरनाफामूलक संस्थामार्फत नेपाल जानुपर्ने बाध्यतामा आइपुग्दा समेत एनआरएनको फाउन्डेसनको खोजी नभएको हो वा उनीहरु हराएका हुन् हामीले यही प्रश्न फाउन्डेसनका संयोजक नवीन पन्तलाई सम्पर्क गर्ने प्रयास गरेका थियौं । तर, उनी सम्पर्कमा आएनन् ।

अष्ट्रेलियामा मिमका सञ्चालक श्री भट्ट आफुहरुले संकलन गरेको सहायता रकम नेपालमा वितरण गर्नका लागि एनआरएन अष्ट्रेलियाको साथ खोजेपनि त्यो प्रयास सफल हुन नसकेको बताए । उनले भने, एनआरएन विभिन्न विवादमा अल्झिरहेको रहेछ । भट्टले एनआरएन अष्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरको जवाफ उद्धृत गर्दै भने, “हामीले जेन्जी आन्दोलनका क्रममा सहायता गर्ने योजना बनाएका छैनौ ।”

यी हुन् सम्पर्कमै नआउने फन्डरेज अभियानकर्ताहरु:

हामीले अष्ट्रेलियामा गोफन्डमी मार्फत सहयोग संकलन गरिसकेका वा गरिरहेका व्यक्तिहरु सबैलाई सम्पर्क गर्दा उनीहरुमध्ये यी सहयोग संकलकहरु सम्पर्कमा समेत आएनन् । हामीले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाउने र घाइतेहरुका नाममा सहयोग संकलन भएको रकम कसरी खर्च हुँदैछ ? पीडितहरुसम्म पुग्ने कस्तो माध्यम अपनाइएको छ भनेर उनीहरुलाई सोधेका थियौं । तर, उनीहरुले गोफन्डमी मार्फत नै सम्पर्क गर्दा समेत कुनै जवाफ दिएका छैनन् । यसरी संकलन गरिएको रकम ४३ हजार १ सय ९७ डलर रहेको छ ।

Peakhurst Heights, NSW 

Raised – 4027 (Ongoing) 

https://www.gofundme.com/f/to-the-families-who-lost-their-loved-ones-for-us

Location: Auburn, NSW

Target $25,000, raised $24,385

https://gofund.me/a76fe68e3

Location: Perth, WA

Target $8000, raised $6516

https://gofund.me/2cf74ad3b

Location: Parramatta,NSW

Target $12000, raised $386

https://gofund.me/c8e68426a

Location: Lindisfarne, TAS

Target $1800, raised $587

https://gofund.me/3acb0d977

Location: Monterey, NSW

Target $7500, raised $500

https://gofund.me/32dac50b1

Location: Burwood, NSW

Target $20,000, raised $61

https://gofund.me/039d95410

Location: Banksia, NSW

Target $8000, raised $1883

https://gofund.me/77b7c1939

Location: Ultimo, NSW

Target $10000, raised $790

https://gofund.me/bc36d03d8

Location: Auburn, NSW

Target $5500, raised $3075

https://gofund.me/653dbb3f6

Location: Campsie, NSW

Target $35,000, raised $987

https://gofund.me/6a673fc15