गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले संस्थाको महाधिवेशन मे महिनामा हुन नसक्ने बताएका छन्। सोमबार साँझ विज्ञप्ति जारी गर्दै महतोले मे महिनामा तोकिएको अधिवेशन महाधिवेशन हुन नसक्ने भएकाले त्यस महाधिवेशनमा आफ्नो कुनै पनि संलग्नता र सहभागिता नरहने स्पष्ट पारेका छन्। ‘सम्पूर्ण साथीहरूलाई गैरआवासीय नेपाली अभियानलाई चिरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण…