गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा १०औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा मंगलबारबाट सुरु भएको छ । “संगम–एकता“ नाराका साथ आयोजना गरिएको यो सम्मेलनले गैरआवासीय नेपालीहरूबीच एकता, सहकार्य, र समृद्धिका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।दुई दिवसीय सम्मेलनमा एसिया–प्यासिफिक क्षेत्रका ११ वटै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का प्रतिनिधिहरू, विभिन्न क्षेत्रका विज्ञहरू, संघका…