ब्रिसबेनमा बढ्दो नेपाली व्यवसाय लक्षित लुटपाट र डकैती, समूदाय चिन्तामा

ब्रिसबेन, अष्ट्रेलिया । अष्ट्रेलियाको ब्रिसबेनमा सञ्चालित दुई गहना पसलहरुमा छोटो समयको अन्तरालमा भएको आक्रमण र लुटपाटका घटनाले यहाँको समूदायलाई चिन्तित तुल्याएको छ । ब्रिसबेनको चम्साईड क्षेत्रमा रहेको श्री गणेश ज्वेलर्समा प्रवेश गरेका चार जना नकाबधारीहरुले बुधबार लुटपाट गरेका छन् । लुटपाटअघि पसलमा रहेका सञ्चालक विजय सुनारलाई उनीहरुले हथौडाले प्रहार गरेका थिए । अहिले निजको अस्पतालमा…