अस्ट्रेलियाको टप इन्ड डार्बिनमा जुन १४ तरिख शनिवार नेपाल फेष्टिभल २०२५ सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थानीय नेपाली समुदायको सहकार्यमा डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र वाटर फन्टमा यो फेस्टिभल भएको थियो ।
एनआरएनए उपाध्यक्ष एवं राज्य संयोजक सन्जिब ढकालका अनुसार महोत्सबमा नेपाली भान्सा घर, नेपाली बिवाह मण्डप, नेपाल हाउसमा नेपाली कला सस्कृती झल्काउने चित्र, समानहरुको प्रदशन र बालबालिकाहरुको लागि फेस पेन्टिङको पनि ब्यवस्था गरिएको थियो । धरहरा, गौतम बुद्धको प्रतिमाले अझ बाताबरणलाई नेपालमय बनाएको थियो । महोत्सबमा करिब १५ हजार जना सहभागी भएका थिए ।


कार्यक्रममा स्थानिय कलाकारहरुले गायन, नृत्य र पूर्व मेची देखि महाकली र हिमाल तराई सम्मका कला सँस्कृति र भोषभुशा झल्कने कल्चरल परेड पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालबाट आउनु भएको राष्ट्रिय कलाकारको पनि बेजोड प्रस्तुती रहेको थियो।
राज्यका बहुसाँस्कृितक मन्त्री चार्ल्स जिन्सन, नेपाली दुतावास क्यानबेराबाट राजदुत चित्रलेखा यादव, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, संघिय साम्सद लुक गोस्लिङ, बहुसास्कृतिक समुदायका पदाधिकारीहरू, डार्बिन सहरका काउन्सिलरहरू लगाएत बिभिन्न राज्यहरुमा रहेका एनआरएनए अभिन्यान्ताहरु कार्यक्रममा सहभागि थिए । नेपाल फेष्टिभलको अन्त्यमा आतिशबाजीका साथ डार्विनको आकाश उज्यालो तुल्याइएको थियो । नर्दन टेरेटोरी सरकारले नेपाल फेष्टिभललाई उत्सवकै रुपमा मनाउँदै आर्थिक सहयोग गर्दै आएको छ । जसका कारण अन्य शहरहरुमा दुई वर्षको अन्तरालमा नेपाल फेष्टिभल हुने गरेपनि यहाँ भने हरेक वर्ष नेपाल फेष्टिभलको आयोजना गरिन्छ ।
फोटो संग्रह: NRNA NT नेपाल फेस्टिभल २०२५





प्रतिक्रिया