ब्रिसबेन, अष्ट्रेलिया ।
नेपाली समाज सनशाइन कोस्टको साधारणसभाले यम कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सनशाइन कोस्टस्थित एक सभाहलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व रहने गरी व्यवसायी, पेशेवर, विद्यार्थी, महिला, युवा, अभिभावक तथा ज्येष्ठ नागरिकहरूको सहभागिता थियो ।
पहिलो साधारणसभाबाट सर्वसम्मत रुपमा गठन गरिएको कार्यसमितिमा अध्यक्ष यम कुँवर, सचिव विशाल शर्मा, सहसचिव बबर पाण्डे, कोषाध्यक्ष सिर्जना श्रेष्ठ, सांस्कृतिक संयोजक केशव बस्याल, युवा तथा विद्यार्थी संयोजक प्रवेश पोखरेल, महिला संयोजक कोपिला उपाध्याय, सामाजिक सञ्जाल संयोजक सोहन प्रजापति, स्वास्थ्य तथा मानसिक स्वास्थ्इ सल्लाहकार ज्ञानु केसी, जेष्ठ नागरिक प्रतिनिधि नारायणप्रसाद उप्रेति, कार्यक्रम व्यवस्थापक स्वस्तिक पोखरेल, कोष संकलन संयोजकहरु नम्रता शर्मा, ईश्वर राई, शिव पौडेल, दिपिन सुवेदी, शीर्षक केसी रहेका छन् । कार्यसमितिको पहिलो बैठकले बाँकी रहेका पदमा समेत मनोनयन गर्ने निर्णय भएको छ ।
नेपाली भाषा, संस्कृति, परम्परा तथा सामाजिक एकताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित गठन गरिएको समाजले समावेशी प्रतिनिधित्व, पारदर्शिता, महिला नेतृत्व, युवाको सक्रियता र ज्येष्ठ नागरिकको सम्मानलाई प्राथमिकतामा राख्ने नवनिर्वाचित अध्यक्ष कुँवरले केविसीखबरलाई जानकारी दिए ।
निकट भविष्यमै समाजद्वारा विविध सांस्कृतिक, शैक्षिक, सामाजिक तथा खेलकुद गतिविधिहरू सञ्चालन गर्ने योजना छ । अध्यक्ष कुँवरले भने, “समाज सबैको साझा उत्तरदायित्व हो। तपाईंको सल्लाह, सहभागिता र समर्थनले मात्र पारदर्शी, समावेशी र उत्तरदायी नेतृत्वको निर्माण सम्भव हुन्छ।”
प्रतिक्रिया