सिड्नी, अष्ट्रेलिया । नवाज कप फुटबल प्रतियोगिताको उपाधि सेन्टजर्ज नेप्लीज क्लबले जितेको छ । नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटीको आयोजनामा भएको प्रतियोगिताको २०२४ को संस्करण हात पार्ने क्रममा सेन्टजर्जले सगरमाथा फुटबल क्लबलाई ५-३ गोलको अन्तरले पराजित गरेको हो । फाइनल भिडन्तमा सेन्ट जर्जका रुपक लामाले ह्याट्रीक पुरा गरेका थिए भने सरोज दाहाल र शुसान्त कुवरले एक…