मेलबर्न अष्ट्रेलिया ।
लोकप्रिय रक ब्यान्ड १९७४ एडीले ‘अष्ट्रेलिया टुर’ गर्दै छ। आफ्नो ३० औँ वर्षगाँठको उपलक्ष्यमा अष्ट्रेलिया ‘टुर गर्न लागेको हो।
१९७४ एडीको ‘अष्ट्रेलिया टुर’को सम्पूर्ण व्यवस्थापन रोटे पिङले गरेको छ। ब्यान्डको ‘अष्ट्रेलिया टुर’ को सुरुवात ब्रिजवेनबाट हुने छ। ब्यान्डले सेप्टेम्बर ४ तारिख ब्रिजवेन, सेप्टेम्बर ८ पर्थ, सेप्टेम्बर ९ मेलबर्न, सेप्टेम्बर १२ एडिलेड, सेप्टेम्बर १४ होबार्ट, १९ सेप्टेम्बर क्यनबेरा र सेप्टेम्बर २१ सिड्नीमा आफ्नो प्रस्तुति दिने छ। १९७४ एडीको स्थापनाको ३० औँ वार्षिकोत्सवको उपलक्षमा ब्यान्डले ‘अष्ट्रेलिया टुर’ गरेको रोटे पिङका निर्देशक रोशन भट्टराईले केबीसी खबरलाई बताए।
सिड्नीको कार्यक्रमको लागि दुई हजार भन्दा बढी टिकट बिक्री भइसकेको आयोजकले जनाएको छ।
ब्यन्डले सेप्टेम्बर ४ तारिख बुधवारका दिन ब्रिजवेनको टिभोलीमा आफ्नो प्रस्तुति दिँदैछ। दि ८८४८ इभेन्ट ब्रिजवेनले गर्न लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको विश्व बस्नेतले जानकारी दिए। ब्रिजवेन कार्यक्रमको भौतिक रूपमा लिने टिकट बिक्री भइसकेको र अनलाईबाट टिकट लिँदा ७९.९९ अष्ट्रेलियन डलर तोकिएको उनले बताए। अनलानइन र भौतिक रूपमा टिकट नलिनेहरूका लागि एक सय अष्ट्रेलियन डलर लिएर गेट पास दिने व्यवस्था मिलाएको उनको भनाइ छ। कार्यक्रममा आउँदा आफ्नो उमेर खुल्ने फोटोसहितको आइडी लिएर आउन पनि आग्रह गरेका छन्।
ब्रिजेनमा हुने काय्रक्रमको टाइटल स्पोन्सर हिमालयन बिजनेस ग्रुप रहेको छ भने नोभा एजुकेशन एण्ड माइग्रेसन भिजा सर्विस गोल्ड स्पोन्सर रहेको छ।
१९७४ एडीले एकपछि अर्को लोकप्रिय गीत बनाइरहेको छ र सबै एल्बम उत्तिकै मन पराइएको छ । परेलीमा, गुराँसै फुल्यो, सम्झी बस्छु, पिंजडाको सुगा, मुटु भरिभरि, तिमीलाई पिरतीले बाँधौंला लगायत १९७४ एडीका केही चर्चित गीत हुन् ।
प्रतिक्रिया