नागोयामा नेपालको चर्चित ब्याण्ड ‘जोन एण्ड दि लोकल्स’को लाईभ कन्सर्ट हुँदै 

नागोयामा नेपालको चर्चित ब्याण्ड ‘जोन एण्ड दि लोकल्स’को लाईभ कन्सर्ट हुँदै 


नागोया, जापान ।

जापानको नागोयामा पछिल्लो पुस्ताले एकदमै मन पराएको चर्चित ब्याण्ड ‘जोन एण्ड दि लोकल्स’को लाइभ कन्सर्ट हुने भएको छ। वान ड्रिम ईन्टरटेन्टमेन नागोयाले  सेप्टेम्बर ११ तारिख बुधवारका दिन सिनसाकाईको डाईमन्ड हलमा उक्त कार्यक्रम गर्न लागेको हो। 

जापान आउनु अघि ब्याण्ड युरोप भ्रमणमा थियो। ब्यान्डका मुख्य भोकलिस्ट जोन चाम्लिङले चर्चित गीतहरू हावा जस्तै, के गरौँ, फर्किन्न होला, समयले लगायतका गीतहरू युवाहरूमा लोकप्रिय छन् । 

साझ ६ः३० बाट सुरु हुने कन्सर्ट राति ९ः३० बजेसम्म चल्ने आयोजक आयोजक समितिका सदस्य कुशल पौडेलले जानकारी दिए। बिगतका कार्यक्रममा भएका अप्रिय घटनालाई मध्यनजर गर्दे यस पल्ट स्थानीय पुलिस प्रशासनसँग पनि समन्वय गरेको उनले बताए। 

हाल सम्म कपल र अर्लिबर्ड टिकटहरु बिक्री भैसकेको र अब स्टाण्डप र भिआईपि टिकटहरुमात्र उपलब्ध रहेको भन्दै समयमै टिकट खरिद गरी आफ्नो सिट सुरक्षित गर्न नागोया आसपासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन्।