काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान गोलकिपर अञ्जिला सुब्बाले युरोपियन लिग खेल्ने पक्का भएको छ । ग्रिस महिला ए लिग क्लबको निस अट्रोमिटौले सन् आगामी सिजनका लागि सम्झौता गरेको छ । यसपछि सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै सुब्बाले युरोपियन लिगमा खेल्ने पहिलो नेपाली खेलाडीका रुपमा अघि बढ्न पाउँदा खुशी लागेको बताइन् । युरोपमा खेल्ने सपना पूरा हुने भएकोले आफु उत्साही बनेको उनको भनाई छ । सशस्त्र प्रहरीको क्लबमा आबद्ध उनले युरोपमा खेल्ने दोश्रो महिला खेलाडी बनेकी छिन् । यसअघि महिला स्ट्राईकर सावित्रा भण्डारीले युरोपमा खेलेकी छिन् । ईजरायली लिगमा खेलेपछि अहिले उनी फ्रेन्च लिगमा आबद्ध भएकी छिन् । यसअघि अञ्जिलाले भारतीय र पाकिस्तानी लिग खेलिसकेकी छिन् ।
प्रतिक्रिया