विश्वकप क्रिकेट : भारतले अफगानिस्तानलाई हरायो

काठमाडौँ । आइसिसी टि–२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर–८’ चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित निकालेको छ। बार्बाडोस खेल मैदानमा भारतले ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो। भारतले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुदै १३० रनमै समेटियो। अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले २० बलमा सर्वाधिक २६ रन…