काठमाडौँ । पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले एक सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । राष्ट्रिय कीर्तिमान बनाए पनि एलेक्जेन्डर हिट चरणबाटै बाहिरिएका छन् । हिट तीनमा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्नुभएको थियो । उनले समग्रमा ५९औँ स्थानमा रहनुभयो । यस स्पर्धामा ७९ खेलाडीले भाग लिएका थिए ।…